मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
आरके प्रखर काठमाडाैं
२o८२ श्रावण ११ आइतबार १५:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तीन हजार विन्दुमा पुगेर घट्यो नेप्से, साढे २६ अर्बकाे कारोबार

Read Time : < 1 मिनेट
आरके प्रखर, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १५:४६:oo

लगातार बढिरहेको सेयर बजारमा आज आइतबार १८.४४ विन्दुको करेक्सन देखिएको छ। तीन हजार विन्दुमाथि पुगेको नेप्से परिसूचक अन्ततः दोहोरो अंकले घटेर दुई हजार नौ सय ६४.२० विन्दुमा कायम भएको हो।

आज ३२३ कम्पनीका पाँच करोड ८६ लाख ५३ हजार कित्ता सेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। कारोबार रकम ११ महिनायताकै उच्च बिन्दुमा पुगेको हाे। यसअघि गत भदौ २ गते २८ अर्ब २७ करोडको कारोबार भएको थियो।

नेप्सेका १३ मध्ये पाँच समूहको सूचक बढ्दा बाँकी समूह घटेका छन्। विकास बैंक, उत्पादन तथा प्रशोधन र व्यापार एक प्रतिशतभन्दा धेरैले बढ्दा लघुवित्त र म्युचल फन्ड एक प्रतिशतभन्दा कमले बढेका हुन्।

घटेकामध्ये वित्त, होटेल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बिमा समूह एक प्रतिशतभन्दा धेरैले घट्दा घटेका बाँकी समूह एक प्रतिशतभन्दा थोरैले घटेका छन्।

समता घरेलु लघुवित्त र ट्रेड टावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सान्भी इनर्जी र लुम्बिनी विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९८ प्रतिशत र ८.४७ प्रतिशत आर्जन गरेका छन्। सर्वाधिक गुमाउनेमा भने नारायणी विकास बैंक परेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ।