
ललितपुरमा एक श्रीमानले श्रीमतीको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। शनिबार बिहान करिब पौने ७ बजेको समयमा गोदावरी नगरपालिका १३ झरुवारासीस्थित पुस्कर बस्नेतको घरमा डेरा गरी बस्ने ३० वर्षीय मदनबहादुर स्याङतानले २० वर्षीया श्रीमती डोल्मा वाइबाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठको कमान्डमा प्रहरीको टोली पुगेको छ। सामान्य विषयमा विवाद हुँदा उनले हत्या गरेको बुझिएको छ। मृतक वाइबा मकवानपुरकी र श्रीमान् स्याङ्तान सिन्धुलीका हुन्। वाइबा स्याङ्तानको कान्छी श्रीमती रहेको खुलेको छ। श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
घटनास्थलबाट चक्कु बरामद भएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।