मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
२o८२ श्रावण ११ आइतबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा ट्याक्सी दुर्घटना हुदाँ एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १३:२९:oo

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिसिजंघा गाउँपालिका– ३, सिकैचा जानेक्रममा ट्याक्सी दुर्घटना हुदाँ एकजना महिलाको मृत्यु भएको छ । 

फुङलिङ नगरपालिका– ११, फावाखोलामा आइतबार भएको सो ट्याक्सी दुर्घटनामा परी सिरिजंघा गाउँपालिका– ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयकी शिक्षक २८ वर्षकी भावना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिए । 

मे.१ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई फुनपा– ११ को फावाखोलाको बनपाला भन्ने स्थानमा बाटोबाट करिब ५०–६० मिटर तल खसी दुर्घटना भएको र दुईजना घाइते भएकोसमेत प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 
दुर्घटनामा परी सवारीचालक तथा गाडी मालिक फावाखोलाका सविन विष्ट घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले घटनाको जानकारी आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको र विस्तृत विवरण आउन बाँकी रहेकोसमेत प्रहरी प्रमुख गौतमले बताए ।