
कपिलवस्तुको कृष्णनगर र सुठौली भन्सारले गत आर्थिक वर्ष ०८१/८२ मा ६ अर्ब २६ करोड ८५ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेका छन् । दुवै भन्सारका लागि ६ अर्ब १३ करोड ३४ लाखको लक्ष्य दिइएको थियो, तर लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।
कृष्णनगर भन्सारले पाँच अर्ब २३ करोड २० लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी लेखनाथ भट्टराईले जानकारी दिए । त्यस्तै, सुठौली भन्सार प्रमुख नारायणप्रसाद गैरेले एक अर्ब तीन करोड ६५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए ।