
ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्गमा ब्रेक थ्रु भएको छ । इन्टेकदेखि अडिटसम्मको एक हजार सात सय ७२ मिटर लामो सुरुङमार्गको ब्रेक थु्र भएको हो । अडिटबाट आउटलेटसम्मको १३ मिटर लम्बाइको सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको आयोजनाका व्यवस्थापक प्रकाश ढुंगानाले बताए ।
२८.१ मेगावाट क्षमताको जलविद्युत्को मुख्य क्षेत्र सिरिजंघा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बुदिन र मेहेलेमा रहेको छ । आयोजनाको लागत पाँच अर्ब ६४ करोड रहेको छ ।