मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
२o८२ श्रावण ८ बिहीबार १o:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्च अदालतमा जबर्जस्ती करणीका मुद्दा धेरै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार १o:४७:oo

उच्च अदालत सुर्खेत जुम्ला इजलासमा सबैभन्दा धेरै जबर्जस्ती करणीका मुद्दा दर्ता भएको छन् । यहाँ जबर्जस्ती करणीका ६२ वटा मुद्दा परेका छन् । उच्च अदालत सुर्खेत जुम्ला इजलासको कार्यक्षेत्र माथिल्लो कर्णाली पाँच जिल्ला हुन् (जुम्ला, कालिीकोट, मुगु, डोल्पा र हुम्ला) । ९३ प्रतिशत मुद्दा फर्स्याेट भएका छन् । यस्तै रिड निवेदन ३४ वटा, ज्यान मार्ने उद्योग १४ वटा, कर्तव्य ज्यान १० वटा, बहुविवाह पाँचवटा, सम्बन्धविच्छेद २ वटा, सवारी ज्यान चारवटा, अंगभंग दुईवटा र मानव बेचबिखन तथा ओसारपसार पाँचवटा मुद्दा परेका छन् । 

जातीय विभेद दुईवटा, लागुऔषध १४ वटा, अवहेलना दुईवटा, हातहतियार तथा खरखजना चारवटा, चोरी नाैवटा, नकवजनी १० वटा, अंश चारवटा र अन्य ३४ वटा मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्ष ०८१/८२ कुल दर्ता भएका मुद्दामध्ये ९३.०८ प्रतिशत मुद्दा फर्स्याेट भएका छन् ।उच्च अदालत सुर्खेत जुम्ला इजलासले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार ०८१/८२ मा नयाँ दर्ता भएका १९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरी कुल २१७ वटा मुद्दा दर्ता भएका थिए ।

कुल २१७ मुद्दामध्ये २०२ वटा अर्थात् ९३.०८ प्रतिशत मुद्दा फर्स्याेट भएको अदालत स्रोतले जानकारी दिएको छ । १५ वटा मुद्दा बाँकी रहेका छन् । वार्षिक फर्स्याेट लक्ष्य १७८ रहेकोमा लक्ष्यभन्दा बढी मुद्दा किनारा लागेका छन् । आर्थिक वर्ष ०७९/८० देखि ०८१/८२ सम्म तीन वर्षको तुलना गर्दा आव ०८१/८२ मा सबैभन्दा बढी मुद्दा फर्स्याेट भएका छन् ।

तथ्यांंकले उच्च अदालत सुर्खेत जुम्ला इजलासको न्याय सम्पादन प्रभावकारी बन्दै गएको देखिन्छ। अदालतको तीनवर्षे तुलनात्मक विवरणअनुसार आर्थिक वर्ष ०७९/८० मा कुल २५५ मुद्दा दर्ता भएकोमा फर्स्याेट २०५ भएका छन् भने बाँकी ५० मुद्दा छन्। त्यस्तै, आर्थिक वर्ष ०८०/८१ कुल २७९ वटा मुद्दा दर्ता भएकोमा अन्तिम सम्म फर्स्याेट २५३ वटा मुद्दा फर्स्याेट भएका छन् । २६ वटा मुद्दा फर्स्याेट हुन बाँकी रहेका छन्।

साथै आर्थिक वर्ष ०८१/८२ मा २१७ वटा मुद्दा हुँदा २०२ फर्स्याेट भएका छन् । पछिल्ला वर्षको तथ्यांकले न्यायिक सेवा सुधार भएको देखिए पनि जनस्तरमा न्यायालयप्रतिकाे अन्याेल अझै कायम छ । त्यसैगरी, गत आवमाा थुनुवा मुद्दा संख्या ४३ रहेकोमा फर्स्याेट ४० मुद्दा भएका छन् । थुनुवामध्ये पुरुष ३७, बालबालिका दुई रहेका छन् ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानले न्याय सम्पादनलाई नागरिकमैत्री बनाउन जोड दिइरहेको बताए । न्यायालयमा नागरिकको सहज पहुँच विस्तारका लागि भर्चुअल बकपत्रदेखि छिटो न्याय दिन अदालतका सबै संयन्त्र परिचालन गरिरहेकोसमेत मुख्य न्यायाधीश प्रधानले बताए ।

हुम्ला र डोल्पामा कम मुद्दा
उच्च अदालत सुर्खेत जुम्ला इजलासअन्तर्गत कर्णाली प्रदेशका माथिल्लो कर्णालीका पाँचवटा जिल्लाको जिल्ला अदालतको मुद्दाको अवस्थालाई विश्लेषण गरिएको छ ।सबैभन्दा कम मुद्दा हुम्ला जिल्ला अदालतमा दर्ता भएका छन् । हुम्ला जिल्ला अदालतमा कुल ६९ वटा मुद्दा मात्रै दर्ता भएका छन् । यसमध्ये ६० मुद्दा फर्स्याेट र नाैवटा बाँकी छन् । त्यसपछि डोल्ला जिल्ला अदालतमा ७६ वटा मुद्दा दर्ता भएका छन् । यसमध्ये ५४ मुद्दा फर्स्याेट र २२ वटा बाँकी छन् ।

मुगुमा १३५ मुद्दा दर्ता भएकोमा फर्स्याेट १०३ र बाँकी ३२ वटा मुद्दा रहेका छन् । कालीकोट जिल्ला अदालतमा कुल २३६ मुद्दा दर्ता भएकोमा १७६ मुद्दा फर्स्याेट भएको र ६१ बाँकी रहेका छन् । जुम्ला जिल्ला अदालतमा ३१४ मुद्दा दर्ता हुँदा २१४ फर्स्याेट भएका छन् । एक सय मुद्दा बाँकी छन् ।