मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 25 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीभित्र सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नेलाई छुट दिएकै छु : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:५८:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरक विचारप्रति आफू सधैँ उदार रहेको बताएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘साथीहरू भन्नुहुन्छ म अलि बढी विचारलाई असहिष्णु भएँ कि ! म भन्छु भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन, भिन्न मतप्रति अलि बढी उदार हुने मेरो कमजोरी हो। मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो।’

विगतमा मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा बादल वा अन्य कसैलाई पनि आफूले पार्टीबाट ननिकालेको स्पष्ट पार्दै प्रचण्डले थपे, ‘तर कतिपय साथीहरूलाई ननिकाले पनि बस्ने ठाउँ नै नदिएपछि के गर्ने भन्ने लाग्दो होला ! त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु।’

अहिले पनि पार्टीका केही नेताहरूले सिँगौरी खेल्न खोजिरहेको भन्दै प्रचण्डले आफूले उनीहरूलाई पनि प्रशस्त ठाउँ दिएको बताए। ‘अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ। उहाँहरूलाई मैले प्रशस्त सिँगौरी खेल्न दिएको छु। अस्ति डेढ महिना परामर्श भन्दै देशभरि लिएर हिँडेँ मैले। योभन्दा बढी गर्ने के हो जनवाद ?’ उनले भने।