
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार कहाँ–कहाँ छ भन्नुभन्दा पनि कहाँ छैन भनेर खोज्ने वेला आएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्दै उनले भिजिट भिसा मात्रै नभएर देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेजस्तो व्यवहार गरेको उल्लेख गरे ।
उनले आफूहरूले करिब दुई महिनादेखि भिजिट भिसा प्रकरणमा विरोध जनाइरहेको बताउँदै अब पनि आफ्ना कुरा नसुनिए सडकमा जान बाध्य हुने चेतावनी दिए। कांग्रेस र एमालेका मन्त्री कुनले भ्रष्टाचार गरेर छिटो कमाउने भन्ने प्रतिस्पर्धा गरिरहेको आरोप लगाए ।