मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाण्डौं
२o८२ श्रावण ७ बुधबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार

उद्योग व्यापार महासंघद्वारा काठमाडौंमा रक्तदान आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाण्डौं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १३:५o:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधानप्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तीमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने उल्लेख गरे । 

उनले नेपालको स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको आरोप लगाए । स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्थाअनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले आफूहरूले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताए । 

उनले उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गरे । 

महासंघका अध्यक्ष खेम भण्डारीले संगठन स्थापनाको अवसरमा साताव्यापी रूपमा विविध कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए । भण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेश र जिल्लास्तरमा पनि संगठन स्थापना दिवसका अवसरमा रक्तदान, वृक्षरोपण तथा विद्यालयहरूमा शैक्षिक सामग्री वितरणको कामहरू भएको जानकारी दिए ।