
भूमिसम्बन्धी विधेयक नयाँ क्यालेन्डरमार्फत छलफलका लागि अघि बढ्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरअनुसार आगामी शुक्रबार भूमिसम्बन्धी विधेयक अगाडि बढ्नेछ ।
विधेकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाई छलफलका लागि संसदमा पठाउन प्रस्ताव गरिने जनाइएकाे छ । गत २५ असारमा पनि विधेयकलाई अगाडि बढाउने सम्भावित कार्यसूची भए पनि कांग्रेसले थप छलफल आवश्यक रहेको तर्क गरेपछि रोकिएको थियो ।