मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ६ मंगलबार ११:१९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार ११:१९:oo

अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसन–०२५ को महासभामा नेपालले सम्बोधन गरेको छ । उक्त महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले सम्बोधन गरेका हुन् ।

जुलाई १८ मा वासिङटन डिसीमा भएको महासभामा डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गरेका थिए । उनी एसोसिएसनको महासचिवसमेत हुन् ।

सम्बोधन गर्दै डा. श्रेष्ठले नेपालमा पशु चिकित्सकले गरेको योगदानबारे चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरूसँग सहकार्यका लागि आह्वानसमेत गरेका थिए ।