मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजार पुँजीकरणमा कीर्तिमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o५:oo
  • सोमबारको कारोबारपछि बजार पुँजीकरण ४८ खर्ब २६ अर्ब पुग्यो, यसअघि गत १८ फागुनमा ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो

धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूको मूल्यको प्रतिनिधित्व गर्ने सूचक बजार पुँजीकरण ४८ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेर कीर्तिमानी कायम भएको छ । गत वर्ष १८ फागुनमा ४७ खर्ब ९९ अर्ब रुपैयाँ बजार पुँजीकरण पुगेको थियो ।

सोमबारको बजार पुँजीकरणले करिब पाँच महिनापछि नै कीर्तिमानी कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको सेयर मूल्यको जोड नै बजार पुँजीकरण हो । सर्वसाधारणलाई जारी हुने सेयरका आधारमा गणना हुने फ्लोटेड बजार पुँजीकरण १६ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । 

सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेको छ । जसमा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले बढेको छ ।

सेयर कारोबारी अग्रवाल पक्राउ
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । स्टक ब्रोकर कम्पनीलाई ठगी गरेको जाहेरीका आधारमा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । एक स्टक ब्रोकर कम्पनीसँग उनको करिब २२ करोड लेनदेनको विवाद थियो । अग्रवालले कम्पनीलाई तिर्नुपर्ने पैसा नतिरेर ठगी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।