
एनआइसी एसिया बैंकले सोमबारदेखि स्थापनाको २८ वर्ष पूरा गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने यात्रामा समर्पित बैंकले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै छ । यस यात्रामा ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न योगदान दिने ग्राहक, नियामक निकाय, सेयरधनीलगायतमा बैंकले आभार प्रकटसमेत गरेको छ ।
साथै, बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै ग्राहकको पहिलो रोजाइ बन्ने प्रतिबद्धतासमेत जनाएको छ ।
बैंकले ‘डिजिटल फस्र्ट’लाई प्राथमिकता दिँदै आएको जनाएको छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा देशभरका तीन सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, एक सय १६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।
‘देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा समेत शाखा विस्तार गरी निर्बाध रूपमा बैंकिङ सेवा देशको कुना–कुनामा पुर्याउन सफल भएका छौँ,’ बैंकले भनेको छ ।