मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ३१ मंगलबार १६:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पूर्वाञ्चल विश्वविद्यालयको सभाबाट एक अर्ब ७० करोड बजेट स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १६:३९:oo

पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु. एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीनिवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा भएको बैठकमा रजिस्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष ०८२/८३ का प्रस्तावित आय-व्यय विवरण स्वीकृत भएको हो । 

यस्तै, उपकुलपति प्राडा विजकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । 

सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ । 

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ ।