मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३१ मंगलबार २२:१९:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार २२:१९:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट www.bidyabhandari.com.np सार्वजनिक भएको छ। मंगलबार उक्त वेबसाइट सार्वजनिक गरिएको हो। 

वेबसाइटमा उनको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्ताबेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको पूर्वराष्ट्रपतिको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।