मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार

उच्च अदालत बुटवल इजलासबाट एक वर्षमा ३२ सय मुद्दाको फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार २१:३१:oo

उच्च अदालत तुलसीपुर बुटवल इजलासले आर्थिक वर्ष ०८१/८२ मा ३२ सय नौ मुद्दाको फैसला गरेको छ। चालू आर्थिक वर्षको ३० असारसम्मको तथ्यांकअनुसार यो लक्ष्यको १३६ दशमलव ७३ प्रतिशत र जम्मा लगतको ८२.०१ प्रतिशत हो। 

यस अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ८३२ र यस वर्ष दर्ता भएका तीन हजार ८१ सहित तीन हजार नौ सय १३ मुद्दामध्ये ३० असारसम्म तीन हजार दुई सय नौ थान मुद्दा फैसला भएको छ। अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका सबै मुद्दाको फैसला भएको छ।

अदालतलाई फरक मुद्दा व्यवस्थापन पद्धति कार्यान्वयनका लागि नमुना अदालतको रूपमा तोकिएको थियो। योजनाबमोजिम अदालतले जिम्मेवारी सरेका सबै मुद्दा र यस वर्ष नयाँ दर्ताको आधा मुद्दासम्म फर्स्योट गर्नुपर्ने लक्ष्य रहेकोमा फरक मुद्दा व्यवस्थापन पद्धतिलाई नतिजामुखी एवं परिणाममुखी बनाउन छुट्टै मिसिल निरीक्षण अधिकृत तोकी निरीक्षण एवं निर्देशन दिने कार्य गरिएको अदालतले जनाएको छ। अदालतका निमित्त रजिस्ट्रार हरिगोपाल ज्ञवालीले अदालतमा छुट्टै अभियान फाँटसमेत गठन गरी कार्यान्वयन गरिएकाले लक्ष्यअनुसार सबै जिम्मेवारी सरेका ८३२ र नयाँ दर्तातर्फ ८३७ थान लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गर्न सफल भएको बताए। 

यस अदालतमा अब बाँकी रहेका मुद्दामध्ये एक वर्ष नाघेका मुद्दा एउटा पनि छैनन्। ६ महिनादेखि एक वर्षभित्रका १०७ थान मुद्दा छन्। त्यस्तै, ६ महिनाभित्रका ५९७ मुद्दा रहेका छन्। 
अदालतको वार्षिक प्रगतिका बारेमा जानाकारी दिन मंगलबार आयोजित कार्यक्रममा उच्च अदालत बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्यले अदालतबाट हुने गरेका मुद्दा फैसला तथा अदालतका कार्यसम्पादनका बारेमा जानाकारी गराएका थिए। कुनै कुनै फैसला आउन राति अबेर हुने गरेको बारेमा सञ्चारकर्मीले राखेका जिज्ञासामा अर्को दिनलाई थाती नराखी उसै दिन छिटो गर्न राति ढिलासम्म हुने गरेको बताए।