मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३१ मंगलबार ११:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विभिन्न संघ–संस्थालाई मञ्जुश्री फाइनान्सको सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार ११:२१:oo

मञ्जुश्री फाइनान्सले विभिन्न संघ–संस्थालाई सहयोग गरेको छ । फाइनान्सले बुटवल शाखाबाट सुरु गरेको सहयोग कार्यक्रम, वीरगन्ज, पोखरा, मुर्गिया, इटहरी, धरानसम्म पुगेको थियो । यसअन्तर्गत फाइनान्सले शिक्षा, स्वास्थ्य तथा बालगृहलगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका संघ–संस्थालाई सहयोग गरेको हो  । 

फाइनान्सको पोखरा शाखाले अमोर बालगृहलाई एक लाख रुपैयाँबराबरको दैनिक आवश्यकताका सामग्री प्रदान गरेको छ भने मुर्गिया शाखा, रुपन्देहीले भने सैनामैना नगरपालिका मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत विद्यार्थीलाई आवश्यक पुस्तक वितरण गरेको छ ।

धरान शाखाले पनि धरानस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय तथा श्री सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामग्री वितरण गरेको छ । त्यस्तै, बुटवल शाखाले रक्तदान र नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।