
यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी सात हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कार्यालय सहयोगी दीपक पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
पौडेलले सेवाग्राहीबाट अनलाइन फारम भरिदिने, लिखित परीक्षामा पास गराइदिने र ट्रायलमा पास गराइदिने भन्दै सात हजार रुपैयाँ घुस रकम माग गरेका थिए । सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा पौडेललाई आज नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।