मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३१ मंगलबार १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुई महिनामै हटाइए विमानस्थलका अध्यागमन प्रमुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १७:५o:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रमुख विष्णुप्रसाद कोइरालाको दुई महिना पनि नपुग्दै सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबार उनलाई त्यहाँको जिम्मेवारीबाट हटाएको छ। त्यहाँ सहसचिव नरहरि घिमिरेलाई पठाइएको छ। घिमिरे खोटाङको सिडिओमा कार्यरत थिए। 

गत ७ जेठमा अध्यागमन प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा ल्याएसँगै त्यहाँ कोइरालालाई पठाइएको थियो। स्रोतका अनुसार उनका गतिविधिमाथि पनि आयोगले निगरानी बढाएको थियो। सोही उनलाई त्यहाँबाट हटाइएको छ। 

त्यस्तै, अध्यागमन विभाग विभागको महानिर्देशकमा मन्त्रालयको शान्तिसुरक्षा समन्वय महाशाखामा कार्यरत रामचन्द्र तिवारीलाई पठाइएको छ। विभागमा कार्यरत गोविन्द रिजालको मन्त्रालय सरुवा भएको छ। खोटाङमा सहसचिव कल्पना श्रेष्ठलाई सिडिओका रूपमा खटाइएको छ।