मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
२o८२ असार २८ शनिबार १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली कारागारभित्र कैदीबन्दीबिच विवाद, नाइके कुटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार १८:४३:oo

कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीबीच शनिबार दिउँसो विवादभएको छ । कारागारका मुल नाइके खगेन्द्र बोगटीलाई कैदीबन्दीले कुटपिट गरेका छन् । कुटपिटबाट बोगटीको नाक र मुखमा चोट लागेको छ । 

लम्कीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा कारागारमा रहेका कैदीले नाइके बोगटीमाथि कुटपिट गरेको कारागार स्रोतले जनाएको छ । बोगटीलाई उपचारका लागि सेती प्रादेशिकअस्पताल लगिएको थियो । 

घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा कारागार पुगेकाथिए । सुरक्षा अधिकारीहरु पुगेपछि कैदीबन्दीले जेलरसँग मिलेर नाइकेले दुख दिने गरेको भन्दै जेलर बसन्त बहादुर खत्री विरुद्ध होहल्ला र गुनासो गरेका बताइएको छ । 

प्रहरी उपरीक्षक राणाले भने कैदीले मुल नाइकेलाई कुटपिट गरेपछि सामान्य विवाद भएको बताए । कैदीबन्दीलाई सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य भएको उनले बताए । ‘कैदीको मुलनाइकेलाई अर्को कैदीले हानेको रहेछ । नाइकलेलाई हानेपछि अरुले विरोध गरे’ प्रहरी उपरीक्षकराणाले भने, ‘उनीहरुलाई सम्झाइबुझाइ गरेपछि अहिले सामान्य अवस्था छ ।’

अनुशासन र सुरक्षा सम्बन्धी गुनासो आएको भन्दै प्रमुख जिल्लाअधिकारीको टोलीले बिहीबार राती कारागार भित्र निरीक्षण गरेको थियो । प्रशासनका अनुसार त्यस क्रममा चेकजाँच गर्दा कैदीबन्दीसँग मोबाइल भेटिएकाथिए । त्यसपछि मोबाइल भेटिएको ब्लकका केही कैदीलाई अर्को ब्लकमा सारिएको थियो । प्रमुख जिल्ला अधिकारी हमालले कैदीबन्दीबीच सुत्ने ठाउँको विषयमा सामान्य विवाद भएको र आफूहरु सम्झाइबुझाइ गरेर फर्किएको बताए । जिल्ला कारागार भित्र  यस्ता घटनाहरु दोहोरिने गरेका छन् ।