
नेपाल ग्रामीण विका लघुवित्त वित्तिय संस्था लिको दशौं साधारणसभाले समाज विकास लघुवित्तसँग मर्जर गर्ने प्रस्ताव पारित गरेको छ । केही शेयर सदस्य र कर्मचारीको असन्तुष्टिबिच मर्जर प्रस्ताव पारित भएको हो ।
१० वर्षअघि पाँचवटा क्षेत्रीयस्तरका ग्रामीण विकास बैंकहरू गाँभिएर बनेको नेपाल ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिको बुटवलमा शनिबर सम्पन्न दशौं साधारण सभामा केही शेयर सदस्य र कर्मचारीलाई प्रवेश समेत नदिएको भन्दै विरोधकाबिच साधारण सभा सम्पन्न गरिएको छ । कार्यक्रमस्थलका बारेमा समेत पटकपटक स्थान परिवर्तन गरेर अलमलमा पार्ने काम भएको शेयर सदस्यहरूको गुनासो छ ।
नेपाल राष्ट्र बैंकको मर्जरको नीतिअनुसार समान प्रकृति, समान उद्देश्य र समान सिद्धान्तका पाँचवटा क्षेत्रीयस्तरका ग्रामीण विकास बैंकहरू गाँभिएर एक दशकअघि ग्रामीण विकास लघुवित्त वित्तिय संस्था बनेको थियो । नेपाल राष्ट्रिय कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पंगेनीले शेयर धनीहरूको न्यून उपस्थिति र कर्मचारीहरूलाई समेत प्रवेश रोकेर नाटक मञ्चन जस्तै गरेर कार्यक्रम गरेको आरोप लगाए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले आफुहरूले संस्थाको हितलाई ध्यानमा राखेर मर्जरमा जाने निर्णय गरेको बताए । उनले ६४–६५ प्रतिशत शेयर सदस्यको उपस्थितिमा साधारण सभा गरिएको र गलत कार्य नभएको बताए ।