
काठमाडौं बार एसोसियसनको अध्यक्षमा सुबोधबाबु चिलुवाल निर्वाचित भएका छन् । उनी एक हजार एक सय ११ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र तिवारीले एक सय ३० मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा लक्ष्मी सापकोटा घिमिरे, सचिवमा पुरुषोत्तम अर्याल, कोषाध्यक्षमा प्रमिला कायस्त विजयी भएका छन् । सह–सचिव अनिता शर्मा निर्विरोध चयन भएकी थिइन् ।