मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री ओलीले भन्ने गरेका छन्-म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका छन् । आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उनको घोषणा छ । २२ साउन ०८१ मा संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भनेका थिए, ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । कसैले लाञ्छना लगाउनु बेग्लै कुरा हो । तर, मैले कुनै भ्रष्टाचार गरेको पाइएमा म यस धर्तीमा मात्र होइन, चित्रगुप्तसमक्ष पुगेर पनि बयान दिन तयार छु ।’

त्यस्तै, २९ भदौ ०८१ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि उनले भनेका थिए, ‘हामी नयाँ ढंगले नेपाललाई अघि बढाउन चाहिरहेका छौँ । अब आगामी दिनमा तपाईंहरूले धेरै ठुल्ठुला भ्रष्टाचारका काण्डहरू आदिइत्यादि सानाठुला केही सुन्न पर्नेछैन ।’ 

यो पनि पढ्नुहोस् >> मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’