मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १o:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु पुर्णखोप सुनिश्चितता जिल्ला घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४९:oo

मुगु जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका चार वटै पालिकामा रहेका १६ देखि २३ महिनासम्मका बालवालिका १५ महिना उमेरभित्र पाउनुपर्ने सम्पुर्ण खोपबाट वञ्चित नभएको र अब आउने दिनहरूमा पनि खोपहरु नियमित प्राप्त गरिराख्ने प्रतिबद्धताका साथ उक्त कार्यक्रम घोषणा गरिएको हो । 

एक नगरपालिका, तीन गाउपालिका र पुरै जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा बिहीबार जिल्ला समन्वय समिति मुगुको सभाहलमा एक कार्यक्रमबिच पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मुगुका प्रमुख तथा खोप समन्वय समितिका प्रमुख मंजन बहादुर कार्कीले गरेका थिए ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख उप– प्रमुख, छायाँनाथ रारा नगरपालिकाका मेयर, उप-मेयर, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित विभिन्न  निकायका सुरक्षा प्रमुखहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मी , पत्रकार महासंघ अध्यक्ष  तथा अन्य विभिन्न मिडियामा आवद्ध संचारकर्मी, शिक्षक, जिल्लास्थित गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, नागरिक अगुवा, महिला स्वास्थ्य स्वयं सेविकाहरु, विद्यार्थी लगायत सरोकारवालाको उपस्तिथि रहेको थियो ।