
उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन् । आज (सोमबार) चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारेका छन् । अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि बिरामी बिचल्लीमा परेका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायत ठुला अस्पतालमा उपचारका लागि आएका बिरामी ओपिडी बन्द भएपछि बिचल्लीमा परेका हुन् ।
थप हेर्नुस् भिडियाेमा :