
सोमबार सकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बैठकले संविधान संशोधनदेखि भातृसंगठनसम्मका विषयमा निर्णय गरेको छ ।
संविधान संशोधनको विषयमा सार्थक निष्कर्षमा पुर्याउन एक कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदलको संयोजक र सदस्यहरु भने तोकिएको छैन ।
त्यस्तै, बैठकले सरकारसँग तथा संसदीय मामिला सम्बन्धमा पनि विभिन्न निर्णय गरेको छ।
यस्ता छन् बैठकका निर्णयहरू-