१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
२o८२ असार ११ बुधबार o९:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतका ऋषभलाई आइसिसीको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार o९:५५:oo
  • इंग्ल्यान्डको पहिलो ब्याटिङ इनिङ्सको ६१औँ ओभरमा अम्पायरको निर्णयविरुद्ध असहमति जनाउँदै भारतका विकेटकिपर ऋषभ पन्तले बल मैदानमा फ्याँकेका थिए । आइसिसीले यसलाई आचारसंहिताको धारा २.८ विरुद्ध मानेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई चेतावनी दिएको छ । लिड्समा इंग्ल्यान्डविरूद्ध पहिलो टेस्टको दौरान आइसिसीको आचार संहिताको लेभल १ उल्लंघन गरेको भनी ऋषभलाई दोषी ठहर गर्दै चेतावनी दिएको हो । इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । पहिलो तथा दोस्रो इनिङ्समा उनले शतकीय योगदान दिए । ऋषभले पहिलो इनिङ्समा १३४ रन र दोस्रो इनिङ्समा ११८ रन जोडे । 

इंग्ल्यान्डको पहिलो ब्याटिङ इनिङ्सको दौरान मैदानमा देखाएको अभद्र व्यवहारका लागि ऋषभले चेतावनी पाएको आइसिसीको भनाइ छ । आइसिसी आचार संहिताको धारा २.८ उल्लंघन गरेकोमा उनी दोषी पाइएको छ । यो धाराअनुसार अन्तर्राष्ट्रिय खेल सञ्चालन गरिरहेका अम्पायरको निर्णयविरुद्ध जान नपाउने उल्लेख छ । इंग्ल्यान्डको इनिङ्सको ६१औँ ओभरमा ह्यारी ब्रुक र बेन स्टोक्स ब्याटिङ गरिरहेका थिए । त्यसवेला ऋषभले बलको अवस्थाबारे अम्पायरसँग छलफल गर्न पुगे । उनको मनसाय नयाँ बल प्रयोग गर्नु थियो । अम्पायरहरूले बल परीक्षण गरेपछि बल बदल्न अस्वीकार गरे । तर, विकेटकिपर ब्याट्सम्यान ऋषभले अम्पायरको निर्णयमा सहमति जनाएनन् । उनले अम्पायरको अगाडि भुइँमा बल फालेर रिस पोखेका थिए । 

५० प्रतिशत म्याच फी जरिवाना
दिनको समाप्तिपछि ऋषभले आफ्नो गल्ती सच्याए । उनले प्रस्तावित सजाय मानेका कारण आइसिसीले थप अनुशासनात्मक सुनुवाइको आवश्यकता नपरेको जनाएको छ । ‘जब अम्पायरले बल परिवर्तन गर्न चाहेनन् भारतका विकेटकिपर ऋषभ मान्न तयार देखिएनन्,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनले बल मैदानमै फ्याँक्दै आफ्नो असहमति जनाए, यो भनेको आइसिसीको आचार संहिता धारा २.८ विरुद्ध जानु हो ।’ अनफिल्ड अम्पायरमा क्रिस गफाने र पल राइफल छन् । थर्ड अम्पायर सरफुद्दौला साहिद र फोर्थ अफिसियल माइक बन्र्सले छन् ।

लेभल १ को उल्लंघनमा न्यूनतम सजाय आधिकारिक चेतावनी तथा अधिकतम सजाय खेलाडीको म्याच शुल्कको ५० प्रतिशत जरिवाना हो । यसबाहेक खेलाडीले र एक वा दुई डिमेरिट अंक हुन्छ । अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक पनि ऋषभको थपिएको छ । यो एक वर्षमा उनका पहिलो गल्ती हो ।