१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ११ बुधबार o७:३५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी यू–१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार o७:३५:oo
  • जापानले दिएको ८१ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाएर नेपालले पूरा ग¥यो । जापानलाई कम योगफलमा सीमित बनाउन शुभम खनालले १५ रन खर्चेर पाँच विकेट लिए । 

नेपाली युवा टोलीले एसिसी पुरुष यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित कलेज तुअन्कु जाफ ओभलमा मंगलबार भएको खेलमा नेपालले जापानलाई नौ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा नेपालले सिंगापुरलाई पाँच विकेटले सहजै पाखा लगाएको थियो । सहभागी टोलीमध्ये नेपालपछि बलियो जापानले ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गर्न सकेन ।

एसियाली राष्ट्रमा उदाउँदो क्रिकेट राष्ट्र जापानले नेपालविरुद्ध पहिलो ब्याटिङ ग¥यो । फर्ममा रहेको नेपाली बलरसामु जापानले लामो समय ब्याटिङ गर्न सकेन । जापान ३४.३ ओभरमा ८० रनमै समेटियो । जापान कम योगफलमा समेटिँदा नेपालका शुभम खनालले घातक बलिङ गरेका थिए । उनले १० ओभरमा १५ रन खर्चेर पाँच विकेट हात पारे । यसैगरी, अभय यादवले दुई विकेट लिए । सुशील रावल र विपिनप्रसाद शर्माले समान जापानका एक ब्याट्सम्यानलाई पेभेलियन पठाए । 

नेपालको बलियो ब्याटिङ
नेपालले ८१ रन लक्ष्य पछ्याएको थियो । जोय थापा र प्रसिद्ध जैशीले पहिलो विकेटका लागि ओपनिङ गरेका थिए । तर, नेपालको सुरुवात राम्रो भएन । इनिङ्सको २.५ ओभरमा नेपालले पहिलो विकेट गुमायो । ओपनर जोयलाई केसई कावायासीले गावाबाट क्याचआउट पारे । जोयले सात बलमा एक रन मात्र बनाए । नेपालले पहिलो विकेट गुमाउँदा स्कोर बोर्डमा पाँच रन मात्र थियो । सुरुवात धममराएको ब्याटिङमा प्रसिद्ध र शिवांश बजगाईंले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै सानदार नौ विकेटको जित दिलाए ।

नेपालले केवल १४.२ ओभरमा लक्ष्य पूरा गरेको थियो । नेपालको ब्याटिङ इनिङ्सको रनरेट ५.६५ रहेको थियो । नेपालको जितमा प्रसिद्धले पुनः एकपटक उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । उनले ३७ बलमा तीन चौकाको सहयोगमा ३३ रनको योगदान दिए । उनले सिंगापुरविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए । शिवांशले ४२ बलमा सात चौका प्रहार गरी ३८ रन बटुले । नेपालको ब्याटिङमा एक छक्का पनि प्रहार भएन ।

जापानका सात बलरले नेपालविरुद्ध बलिङ गरेका थिए । केसईबाहेक अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् । इरिक ह्यारिसन सबैभन्दा खर्चिलो बलर बने । उनले २ ओभरमा २१ रन खर्चेका थिए । यसैगरी, ईशान लालले दुई ओभरमा १० रन दिए । हुगोले दुई ओभर बलिङ गरी चार रन मात्र खर्चेका थिए । नेपालका प्रसिद्ध र शिवांशले ६९ बलमा विजी साझेदारी गरेका थिए ।

शुभमको घातक बलिङ
जापानले नेपालविरुद्ध बलियो योगफल बनाउने उद्देश्यका साथ पहिलो ब्याटिङ ग¥यो । तर, बायाँहाते बलर शुभमले आफ्नो पूरै १० ओभरको स्पेलमा जापानको ब्याटिङ अर्डर ध्वस्त पारे । उनले जापानका मध्य तथा पुछार ब्याट्सम्यानलाई आउट पारे । जापानले सुभमका तीन ओभरमा रनै लिन सकेन । शुभमले आफ्नो बलिङ स्पेलमा १.५ रनरेट राखेका थिए । जापानको ब्याटिङ कमजोर बनाउनमा कप्तान विपिनप्रसाद शर्माले पनि कसिलो बलिङ गरे । उनले ८.३ ओभरमा दुई मेडन राखी १७ रन खर्चेर एक विकेट हात पारे । अभयले दुई विकेट लिन प्रतिओभर ४.१५ औसतमा बलिङ गरे । नेपालका बलरले समग्रमा आठ ओभर मेडन फ्याँकेका थिए । सुसील बहादुर रावल, विपिन, सुभम र सचिन भट्टले मेडन ओभर गरेका हुन् ।

जापानले गुमायो नौ रनभित्र चार विकेट
नेपाली बलरले अनुशासित रूपमा बलिङ गरे पछि जापानको ब्याटिङ सोचे जस्तो भएन । इनिङ्सको १०.४ ओभरमा जापानले चार विकेट गुमाइसकेको थियो । जापानले स्कोर बोर्डमा ३६ रन मात्र जोडेको थियो । त्यसपछि गाबी हराजिन्जे र चार्लिएबिच छैटौँ विकेटका लागि ५२ बलमा २९ रनको साझेदारी भयो । चार्लिए इनिङ्सको २१.४ ओभरमा आउट भए । उनी आउट हुँदा जापान ७१–६ को स्थितिमा रह्यो । त्यसपछि जापानले स्कोर बोर्डमा थप नौ रन बनाउँदा बाँकी चार विकेट पनि गुमायो । जापानको ब्याटिङमा कप्तान चार्लिएले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ४८ बलमा चार चौका प्रहार गरे । गावीले ३० बलमा १३ रन जोडे । जापानका नौ खेलाडीले दोहोरो रनै बनाएनन् । यसमध्ये तीन खेलाडी सुन्य रनमा सीमित भए ।

शीर्ष स्थानमा नेपाल
लगातार दोस्रो जितपछि नेपालले दुई खेलमा चार अंक जोडेको छ । नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको जापान दुई खेलबाट २ अंकसहित दोस्रोमा छ । नेपालले अब तेस्रो खेलमा २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ । यू–१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, जापान र भुटान छन् । प्रतियोगिताको साबिक विजेता नेपाल हो ।