१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
२o८२ असार ११ बुधबार १२:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

धनकुटा नगरपालिकाकाे बजेट एक अर्ब १२ करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १२:१५:oo

धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब १२ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १६औँ नगर सभाबाट आगामी आर्थिक वर्षका लागि एक अर्ब १२ करोड २५ लाख २२ हजार ७३० बराबरको बजेट प्रस्तुत गरिएको हो ।

उक्त नगर सभामा नगरप्रमुख चिन्तन तामाङले नीति तथा कार्यक्रम, उपप्रमुख भीमादेवी खनालले आर्थिक ऐन, विनियोजन ऐन तथा न्यायिक समितिको प्रतिवेदन र लेखा समिति संयोजक गोविन्द राईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएको बजेटमा चालू खर्चतर्फ ५३ करोड ७० लाख ३३ हजार ४७६ रुपैयाँ छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ५८ करोड ५४ लाख ८९ हजार ५२४ रुपैयाँ विनियोजन गरिएको छ ।

नगर सभामा नगर प्रमुख चिन्तन तामाङले स्थानीय आठपहरिया जातिको मुख्य चाड वाडाङ्गमेटमा दुई दिन बिदा दिएर धनकुटा नगरको विशेष चाडको रूपमा मनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गरी पर्यटनसँग जोड्ने विशेष प्रस्ताव पेस गरेकोमा नगर सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने संघसंस्था, नगरवासी र कर्मचारीहरूलाई सम्मान गरिएको छ। पशुपालकतर्फ विनोद राई, तरकारी उत्पादकतर्फ कुमार कार्की, खाध्यान्न उत्पादकतर्फ लोकबहादुर थापा, उद्यमीतर्फ राजेश विश्वकर्मा, फलफूल उत्पादक तथा पशुपालकतर्फ रामकृष्ण श्रेष्ठ र करदातातर्फ दीपेन्द्र पराजुली सम्मानित भएका छन् ।

त्यस्तै, सहकारी संस्थातर्फ जनउत्थान बहुउद्देश्यीय सहकारी संस्था, उपभोक्ता समितितर्फ लुङदाङ तोरीबारी गराबारी जल उपभोक्ता संस्था र टोल विकास संस्थातर्फ टोड्के टोल विकास संस्था सम्मानित भएका छन्। उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै विभिन्न कर्मचारीहरू पनि सम्मानित भएका छन्। जसमा इन्जिनियर मिङमा दोर्जी शेर्पा, लेखा अधिकृत रत्नबहादुर जिमी, वडासचिव कृष्णप्रसाद भण्डारी र नेत्रप्रसाद काफ्ले, विषयगत प्राविधिक ताराणी श्रेष्ठ, वडाका सहायक कर्मचारी रूपा बनेम, नगर प्रहरी देवेन्द्र थापा, सरसफाइकर्मी मणिकलाल राई र कार्यालय सहयोगी कृष्णबहादुर राई सम्मानित भएका छन् ।