१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

त्रियुगाको बजेट एक अर्ब ५३ करोडभन्दा माथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५९ हजारको बजेट ल्याएको छ। त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आज मंगलबार उक्त बजेट ल्याएको हो।

नगरपालिकाको १५औँ नगरसभामा नगरप्रमुख वसन्तकुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। नगरप्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नगरउपप्रमुख महेश्वरी राईले नगरपालिकाको आर्थिक वर्ष ०८२/८३  को लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार अनुमानित बजेट प्रस्तुत गरेकी थिइन्। 
प्रस्तुत  बजेटमा पुँजीगततर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने र चालूतर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैयाँ बजेट विनियोजन गरिएको छ। नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ। कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम रहेका छन्। यस्तै, उच्च शिक्षा कृषि र पशु संकाय पढ्न चाहने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने नीति पालिकाले लिएको छ।

स्वास्थ्यमा नगरवासीलाई निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, निःशुल्क रगत र ज्येष्ठ नागरिक र अपांगहरूलाई घरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि पुर्‍याउनेलगायतका नगरपालिकाको नीति तथा कार्यक्रम छ।