१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसाको समस्या समाधान गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:२२:oo

गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थलको अध्यागम कार्यालय र भिजिट भिसाको विषयको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सदनमा प्रतिपक्ष सांसदले उठाएको विषय वस्तुले आफ्नो ध्यान गम्भीर आकृष्ट भएको उल्लेख गरे ।

उनले जेठ २ गते प्रमुख प्रतिपक्षदसँग भएको दुई बुँदे सहमति कार्यान्वयनमा सरकारले प्रतिबद्ध रहेको उल्लेख गरे ।  भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र आयोगले गरेको छानबिन प्रक्रियालाई सघाउने उनले बताए । 

अध्यागमन र भिजित भिसाको सम्बन्धमा विगतदेखि नै समस्या देखिएको भन्दै उनले अध्यागमन व्यवस्थापनका क्रममा हिजो देखि नै समस्या रहेको तर आज सतहमा देखि एको उल्लेख गरे । विदेश प्रस्थान गर्न चाहाने नेपाली नागरिक र देशभित्र प्रवेश गर्ने व्यक्तिहरुको प्रस्थान आवतजावतलाई कसरी सहज बनाउने भन्ने प्रमुख विषय रहेको उनले बताए ।