१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १० मंगलबार २३:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद

३७१ रनको लक्ष्य पछ्याउँदै भारतमाथि इंल्याण्डको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार २३:३५:oo

भारतीय क्रिकेट टिमका नयाँ टेष्ट कप्तान शुभमन गिलको कप्तानी पराजयबाट सुरु भएको छ । इंल्याण्डविरुद्धको पहिलो टेष्ट खेलमा भारत ५ विकेटले पराजित भएको छ। 

भारतले ३७१ रनको लक्ष्य दिएकोमा इंल्याण्डले पाँचौ दिन ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरी भारतलाई स्तब्ध बनाएको हो। भारतका बलरहरु चल्न नसक्दा इंल्याण्डले ठूलो लक्ष्य पनि सहजै पार गरेको हो। 

इंल्याण्डका लागि ओपनरद्वय बेन डकेट र ज्याक क्रलीबिच १८८ रनको साझेदारी भएपछि जितको आधार बनेको थियो। ओपनर डकेटले १७० बलमा १४९ रनको आक्रामक पारी खेलेका थिए। त्यस्तै जो रुटले अर्धशतक बनाउनुका साथै विकेटकिपर ब्याट्सम्यान ज्यामी स्मिथले ४४ रन बनाए। पहिलो इनिङमा भारतका मुख्य बलर जसप्रित बुमराहले ५ विकेट लिएकोमा दोस्रो इनिङमा उनी विकेटविहिन बनेका थिए। 

इंल्याण्डको लिड्स मैदानमा भएको पाँच दिनको खेलमा १६७३ रन बनेकोमा सात वटा शतक प्रहार भएको थियो। जसमध्ये पाँच शतक भारतीय खेलाडीको नाम छ । यसरी आफ्ना खेलाडीले पाँच शतक बनाउँदा पनि भारतले पहिलो पटक टेष्ट खेल हारेको छ। यो जितसँगै पाँच खेलको सिरिज इंल्याण्डले १–० ले अग्रता लिएको छ ।

इंल्याण्डले टेष्ट खेलमा सफलतापूर्वक पछ्याएको यो दोस्रो ठूलो लक्ष्य हो। यसअघि उसले सन् २०२२ मा भारतविरुद्ध ३७८ रनको लक्ष्य पछ्याउँदै जितेको थियो। 

भारत र इंल्याण्डबिचको दोस्रो टेष्ट २ जुलाईमा सुरु हुँदैछ।