१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ८ आइतबार २२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चिकित्सा शिक्षा सुधारका लागि चिकित्सक संघको नौबुँदे अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार २२:३o:oo

 राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण मेडिकल कलेज तथा प्रतिष्ठानमाझ सार्वजनिक अपिल जारी गर्दै चिकित्सा शिक्षाको गुणस्तर सुधारका लागि ठोस कदम चाल्न आग्रह गरेको छ । 

    नेपाली चिकित्सा शिक्षा अहिले गम्भीर चुनौतीको सामना गरिरहेको र चिकित्सा शिक्षाको गुणस्तरमा कमी आएमा त्यसको प्रत्यक्ष असर सम्पूर्ण स्वास्थ्य क्षेत्रमा पर्न जाने हुँदा यसको सुधार अपरिहार्य रहेको सङ्घले जनाएको छ । सङ्घले नौबुँदे अपिल जारी गर्दै  चिकित्सा शिक्षामा गुणस्तर कायम राख्न शिक्षा, स्वास्थ्य र नियामक निकायहरु—शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, मेडिकल कलेजहरु, प्राध्यापक, आवासीय चिकित्सक, अभिभावक वर्ग र स्वयं नेपाल सरकार एवं चिकित्सा शिक्षा नीतिका सरोकारवाला सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।

  शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धिका लागि अनुसन्धान तथा पेसागत विकासका अवसर प्रदान गर्नुपर्ने, आवासीय चिकित्सकलाई आठौँ तहअनुसारको मासिक निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने, आवासीय चिकित्सक र उनीहरूका परिवारका लागि स्वास्थ्य बिमा योजना लागू गर्नुपर्ने, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवाको पहुँचयोग्य र नियमित व्यवस्था गर्नु पर्नेलगायत बुँदा समावेश गरेको छ । सङ्घले सबै सरोकारवाला निकायलाई चिकित्सा शिक्षाको सुधार तथा समग्र स्वास्थ्य सेवा क्षेत्रको उन्नतिमा एकजुट भई अघि बढ्न आह्वान गरेको छ ।