१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ३२.९३ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२.९३ अंकले घटेर दुई हजार ५९५.९७ को विन्दुमा कायम भएको हो ।

आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर ८७ हजार ३०२ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० बराबरको कारोबार भएको हो । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटेल तथा पर्यटन समूह ३.१३ र जलविद्युत् समूह २.७८ प्रतिशतले घटेको हो । 

बैंकिङ ०.८५, विकास बैंक ०.८८, वित्त १.०९, लगानी ०.९८ जीवन बिमा १.०६ र उत्पादन तथा प्रशोधन १.०५ प्रतिशतले घटेको छ । लघुवित्त १.१५, म्युचुअल फन्ड ०.३७, निर्जीवन बिमा ०.४८, व्यापार ०.७१ र अन्य समूह ०.६१ प्रतिशतले घटेको छ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । प्युअर इनर्जी लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको रु. ७५ करोड ७३ लाख ९७ हजार ३७१ बराबरको २१ करोड ८३ लाख ८२२ बराबरको कारोबार भएको छ ।

छुटाउनुभयो की ?