
सन् १८६५ : अमेरिकी जनरल गोर्डन ग्रेन्गरले टेक्ससको ग्यालभेस्टनमा दासदासी स्वतन्त्र भएको जानकारी गराए । यस दिन अमेरिकामा ‘जुनटिन्थ’ मनाइन्छ ।
सन् १७९० : तत्कालीन फ्रेन्च संसद् ‘नेसनल एसेम्ब्ली’ले कुलीन परिवारले प्रयोग गर्ने मान, पद, पदवी सबै खारेज गर्यो ।
सन् १९१३ : दक्षिण अफ्रिकाको रंगभेदी सरकारले त्यहाँका मूलवासीलाई देशका सात प्रतिशत जमिन छुट्याएको ‘नेटिभ्स ल्यान्ड एक्ट’ पारित गर्यो ।
सन् १९१९ : पहिलो विश्वयुद्धमा टर्कीको हारपछि मित्रशक्तिले मुलुकलाई विभाजित गर्ने योजानामा छलफल सुरु भएपछि मुस्तफा केमलको नेतृत्वमा अंकरामा राष्ट्रवादी भेला बस्यो ।
सन् १९६१ : कुवेतले बेलायती शासनबाट स्वतन्त्रता हासिल गर्यो ।
सन् १९७६ : पृथ्वीबाहिर जीवनको अध्ययन गर्ने उद्देश्य अमेरिकाले प्रक्षेपण गरेको दश महिनापछि ‘भाइकिङ प्रथम’ नामक अन्तरिक्षयान मंगल ग्रहको कक्षमा प्रवेश गर्यो ।