१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल प्रिमियर गल्फ : एमेच्योर राहुलको एकल अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३३:oo
  • दोस्रो स्थानमा रहेका साबिक विजेता सुवास तामाङमाथि राहुल विश्वकर्माले एक स्ट्रोकको अग्रता लिए

एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता बनाएका छन् । राहुलले समग्रमा १६ अन्डर दुई सयको स्कोर गर्दै साबिक विजेता सुवास तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । राहुलले बुधबार ६ अन्डर ६६ स्कोर गरेका थिए । पहिलो दिनका संयुक्त रूपमा शीर्ष स्थानमा रहेका सुवासले बोगीरहित पाँच अन्डर ६७ को स्कोर गरेका थिए । उनले समग्रमा १५ अन्डर दुई सय एक स्कोर गरे । एमेच्योर सदभाव आचार्यले पाँच अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३ अन्डर दुई सय तीन स्कोरका साथ उनी तेस्रो स्थानमा छन् ।

समग्रमा ११ अन्डर दुई सय पाँचको स्कोरमा नीरज तामाङ र भुवन नगरकोटी संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । भुवनले दिनकै उत्कृष्ट आठ अन्डर ६४ को स्कोर गरेका थिए । भुटानका निम दोर्जी तामाङ समग्रमा आठ अन्डर दुई सय आठ स्कोरका साथ छैटौँ स्थानमा छन् । उनी एमेच्योरतर्फ तेस्रो स्थानमा छन् । 

फ्रन्ट नाइनमा राहुलको उत्कृष्ट प्रदर्शन
शीर्ष स्थानमा रहेका राहुलले फ्रन्ट नाइनमा बोगीरहित पाँच अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उनले पहिलो, दोस्रो तेस्रो, छैटौँ र सातौँ होलमा गरी कुल पाँच बर्डी प्रहार गरे । यसपछि ११औँ होलमा एक सट खेर फालेका उनले १५औँ र १८औँ होलको बर्डीको सहायताले ब्याक नाइन एक अन्डर ३५ स्कोर गरे । सुवासले फ्रन्ट नाइनमा तीन अन्डर ३३ र ब्याक नाइनमा दुई अन्डर ३४ स्कोर गरे । उनले तेस्रो, चौथो, नवौँ, १२औँ र १३ओँ होलमा बर्डी निकाले । 

सदभावले दोस्रो, तेस्रो, सातौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन चार अन्डर ३२ मा सकाए । यसपछि ११औँ होलमा उनले डबल बोगी खेपे । तर, १२औँ होलमा इगल निकालेका उनले १८औँ होलको बर्डीको मद्दतमा ब्याक नाइन एक अन्डर ३५ स्कोर गरेका थिए । विजेताले तीन लाख र उपविजेताले एक लाख ८५ हजार रुपैयाँ हात पार्नेछन् ।