१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
तिवारी यादव वीरगन्ज
२o८२ असार ५ बिहीबार १६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १६:o३:oo

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीश  न्यायपरिषदमा तानिएका छन् । न्यायाधीश खुसीराम थारू र अर्जुन महर्जन बिहीबार न्यायपरिषद् तानिएका हुन् । 

उनीहरूलाई न्यायपरिषदमा तानेर अहिले उपस्थित गराइएको न्यायपरिषद् स्रोतले जनाएको छ । न्यायधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुर्व्यवहार भएको हो ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका सूचना अधिकारी शम्मी कपुर साहलाई यसबारेमा जानकारी लिन खोज्दा वीरगन्जबाहिर रहेकाले यसबारे बोल्न चाहेनन् ।

न्यायाधीश थारू र महर्जनमाथि न्यायपरिषदमा उजुरी परेको छ । रौतहट बम काण्डमा मृत्यु भएका भनिएका पिन्टु सिंहका पिता श्रीनारायण सिंह र युवराज सफलले दुवै न्यायाधीशउपर छानबिनको माग गरेका छन् । साथै यस विषयमा कानुनमन्त्रीसमेतको संलग्नता रहेकाले उनको कल डिटेल जाँच्न पनि माग भएको छ । कानुन व्यवसायीहरूको संगठन र संसदमा समेत उक्त फैसलामा कानुनमन्त्री जोडिएको भन्दै छानबिन गर्ने विषय उठेको छ।