
समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
बुुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँबाहिर भएकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो ।