१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा होटेलको छतबाट लडी घाइते युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

हेटौँडामा रहेको एक होटेलको छतबाट लडी गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका– १२ पदमपोखरी घर भई हाल हेटौँडा– १०, बसपार्कस्थित रोशन होटेल एन्ड लजमा बस्दै आएका ३० वर्षीय अमित मोक्तानको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी आफ्नी श्रीमती ममता प्रजासँग होटेलमै बस्दै आएका थिए ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार असार २ गते करिब १०:२० बजेको समयमा मोक्तान होटेलको तेस्रो तलामा गएका वेला अचानक बाहिरी रेलिङबाट खसेर घाइते भएका थिए । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी बसपार्कबाट प्रहरी निरीक्षक विमल ढुंगेलको कमान्डमा खटिएको टोलीले घाइते अवस्थाका मोक्तानलाई उद्धार गरी तत्काल हेटौँडा अस्पताल पठाएको थियो ।

दुवै हातमा चोट देखिएको र भित्री चोट गम्भीर भएको भन्दै प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि राति नै चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा चिकित्सक मृत घोषणा गरेका थिए ।घटनाबारे  अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।