१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
एजेन्सी वासिङ्टन
२o८२ असार ३ मंगलबार २२:३८:oo
Read Time : < 1 मिनेट
विश्व

ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ

Read Time : < 1 मिनेट
एजेन्सी, वासिङ्टन
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार २२:३८:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन् । 

भान्सले एक्समा लेखेका छन्, ‘राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाउनुभएको छ । उहाँले इरानी युरेनियम सम्वर्दन अन्त्यका लागि थप कदम चाल्न आवश्यक रहेको निर्णय लिन सक्नुहुन्छ।’ 

इन्टरनेट सेवा अवरुद्ध
यसैबीच, तेहरानबाट प्राप्त सूचनाअनुसार इरान र इजरायलबिच लगातार पाँचौं दिन पनि हवाई आक्रमण भइरहँदा मंगलबार तेहरानमा ठूलो विस्फोटका आवाज सुनिएका इरानी सञ्चारमाध्यमले जनाएका छन् । 

इजरायली आक्रमणका कारण इन्टरनेट सेवा अवरुद्ध भएको र यसले सूचना र समाचारको पहँुचमा कठिनाई भइरहेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । ‘धेरै प्रान्तका इन्टरनेट प्रयोगकर्ताहरूले व्यापक रूपमा इन्टरनेट अवरुद्ध भएको रिपोर्ट गरिरहेका छन्,’ हाम मिहान पत्रिकाले समाचारमा उल्लेख गरेको छ । मङ्गलबार अन्य सञ्चारमाध्यमले पनि यस्तै समाचार सम्प्रेषण गरेका छन् । 

के कारणले अवरोध भएको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन । इजरायलले शुक्रबार इरानी सेना र आणविक केन्द्रविरुद्ध हवाई अभियान सुरु गरेसँगै इरानमा व्यापकरूपमा इन्टरनेट सेवा अवरूद्ध बनेको छ ।