
बाराको निजगढ नगरपालिका–५ मा नातामा भतिज पर्ने १० वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
नातामा भतिज पर्ने १० वर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार साँझ उनलाई घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ती युवकले घर नजिकैको एकान्तमा पर्ने बारीमा लगेर यौन सम्बन्ध राख्न प्रस्ताव गरेपछि बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएका थिए । घटनाको खबर पाएपछि तत्काल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढमा राखिएको निरीक्षक लामिछानेले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान थालेको प्रहरीले शुक्रबार साँझ नै बालिकाको पनि स्वास्थ्य परीक्षण समेत गरिसेको जनाएको छ ।