१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३१ शनिबार २२:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद

पाँचपोखरी टी–२० : मेलम्चीको जित, सेमिफाइनल समीकरण पूरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार २२:२२:oo

सोनु देवकोटाको अलराउन्ड प्रदर्शनप्रेरित मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी टी–२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमासम्पन्न समूह चरणको अन्तिम खेलमा मेलम्ची नगरपालिकाले हेलम्बु गाउँपालिकाविरुद्ध सात विकेटको जित निकालेको हो ।

लगातार दोस्रो जितसँगै दुई खेलमा चार अंक जोडेको मेलम्ची समूह ‘बी’ को विजेता बन्यो । लगातार दोस्रो पराजयसँगै हेलम्बु भने बाहिरिएको छ । मेलम्चीको यो जितसँगै भोटेचौर स्पोर्टस क्लबले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नै समूह ‘ए’ बाट पाँच पोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लबले अन्तिम चारको यात्रा तय गरिसेका थिए । पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्टस क्लब तथा मेलम्ची नगरपालिका र द माइटी साँगाचोक प्रतिस्पर्धा गर्नेछन् ।

टस हारेर ब्याटिङ रोजेको हेलम्बुले १५।१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा मेलम्चीले ११.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

मेलम्चीका लागि सोनु देवकोटाले अविजित ४१, विनोद तामाङले अविजित २१ र कप्तान रिन्जिङ लामाले ११ रन बनाए । हेलम्बुका लागि विनोद तामाङले दुई र कृष कार्कीले एक विकेट लिए ।

हेलम्बुका लागि विवेक तामाङले ३२ र विनोद तामाङले २४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मेलम्चीका लागि सोनु देवकोटाले चार ओरभरमा १२ रन खर्चिएर सर्वाधिक सात विकेट लिए । यसैगरी रिन्जिन लामाले दुई र उत्तम थापामगरले एक विकेट हात पारे ।