१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३१ शनिबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रक्तदाता बढाउन रक्तदान महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार १४:१६:oo

उपचारका लागि रगतको अभाव भएपछि ब्लड डोनर्स सोसाइटी चितवनले आज यहाँ रक्तदान महोत्सव गरेको छ । विश्व रक्तदाता दिवस २०२५ का अवसरमा उद्योग संघको प्रदशनी केन्द्रमा रक्तदान  महोत्सव आयोजना गरिएको हो । महोत्सवको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहबीच उद्घाटन गरे।  उनले अस्पतालको केन्द्र बन्दै गरेको चितवनमा आयोजित महोत्सवले रगतको अभाव हुने समस्या समाधान गर्नेमा विश्वास व्यक्त गरे । 
        
प्रमुख दाहालले भने, ‘मानव जीवनको महत्वपूर्ण काम रक्तदान पनि हो, जसले कसेको ज्यान बच्न सक्छ, रक्तदातालाई प्रोत्साहन गर्न आवश्यक छ ।’ जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले नयाँ रक्तदाता खोजेर रक्तदानमा उत्प्रेरित गर्नुपर्ने बताए। समाजमा युवालाई रक्तदान गर्दा शरीरमा हानी हुँदैन भन्ने ज्ञान दिन जरुरी रहेको उनकाे भनाइ छ ।  सोसाइटी चितवनका अध्यक्ष एकराज पाठक, सोसाइटीका रत्ननगर नगरपालिका अध्यक्ष रमेश नेपाललगायतले रक्तदानबारे चर्चा गरेका थिए । 

महोत्सवमार्फत ७५ प्रतिशत नयाँ रक्तदाता ल्याउने अपेक्षा लिइएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताए। उनले ‘एक घर, एक रक्तदाता’ अभियान सञ्चालन गरी रक्तदाता बढाउने काम भइरहेको समेत उल्लेख गरे । 

एक दिनमा एक हजार पाँच सय  युनिटभन्दा बढी रगत संकलन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ। त्यस अवसरमा  एक सय भन्दाबढी पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो । सोसाइटीका अनुसार हाल चितवनका अस्पतालमा दैनिक एक सय ५० युनिट रगतको माग छ। अहिले प्रादेशिक रक्तसञ्चार केन्द्रमा औसतमा ३० देखि ४० युनिट मात्र रगत उपलब्ध हुँदै आएको छ।