१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३१ शनिबार १४:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोलबजारबाट ब्राउनसुगरसहित एक नाबालक र अन्य गरी सात पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार १४:o९:oo

सिरहाको गोलबजार क्षेत्रबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक नाबालक समेत सात जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले दुई दिनको अवधिमा गोलबजारको मुख्य बजार क्षेत्र मानिने गोलबजार ४ र ५ नं. वडा क्षेत्रका छुट्टाछुट्टै तीन ठाउँबाट ब्राउनसुगरसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानका अनुसार २८ जेठको अपरान्ह गोलबजार ६ घर रहेका करिब २२ वर्षीय दिपेनकुमार साह र परिवर्तित नाम गोलबजार ५ की नाबालिकलाई एक ग्राम ८६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । 

पक्राउ गरिएका दुवै जनाले दिएको बयानको आधारमा स्थानीय विमलकुमार महतोले बिक्री गरेको खुलेपछि उनको घर खानतलासी गर्ने क्रममा जुत्ता चप्पल राख्ने दराजमा राखेको जुत्तामा लुकाएको तीन वटा पहेंलो रङको प्लाष्टिकको पोकामा खैरो हिरोइन जस्तो पदार्थ प्लाष्टिकसहित ४०० मिलिग्राम बरामद भएको उनले बताए । उनका अनुसार पक्राउ गरिएका तीन जनालाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ । 

सोही दिन साँझ गोलबजार ४ क्याम्पस चोकमा डेरा लिएर बस्दै आएका तीन युवकको डेरा खानतलासी गर्ने क्रममा प्लाष्टिकसहित नौ सय ७० मिलिग्राम खैरो हिरोइन जस्तो पदार्थ, धारिलो चक्कु, गाँजा सेवन गर्ने वाटर गन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठामा बोराभित्र लुकाएर राखेको ब्राउनसुगर र धारिलो हतियार समेत बरामद भएपछि सिरहाको अर्नमा गाउँपालिका ३ का करिब २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका ८ कसहाका करिब २२ वर्षीय सन्तोष कुमार महतो र औरही गाउँपालिका १ का करिब १८ वर्षीय प्रदिपकुमार यादवलाई पक्राउ गरी गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ । 

त्यसको अघिल्लो दिन २७ जेठमा गोलबजार क्याम्पस चोकमा राती करिब साढे ११ बजेतिर शंकास्पद अवस्थामा घुमिरहेका अर्नमा गाउँपालिका ३ हरकट्टा गाउँका करिब २० वर्षीय राकेशकुमार महतोलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा दाहिने हातमा दुई वटा प्लाष्टिकमा लुकाएर राखेको ४४० मिलिग्राम खैरो हिरोइन जस्तो पदार्थ बरामद भएपछि तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 तीब्र शहरीकरण भइरहेको जिल्लाको मध्य भागमा पर्ने गोलबजार क्षेत्रबाट पछिल्लो समय लागूऔषध ब्राउनसुगर बिक्री वितरणमा संलग्न व्यक्तिहरु पटक पटक पक्राउ परिरहेका छन् । प्रहरीले कडाई गरेको भएपनि खुल्ला सीमाको कारणले चोर बाटो हुँदै भित्र्याइएका खैरो हिरोइन, गाँजासहित अन्य लागूऔषधको कारणले गोलबजार बद्नाम बन्दै जानुका साथै यस क्षेत्रका कैयौं युवतीहरु दुव्र्यसनको कुलतमा फस्दै गएकाले तत्काल नियन्त्रणका लागि प्रहरीसहित स्थानीय सरकार, नागरिक समाज, व्यवसायीहरुले पनि आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ ।