१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३१ शनिबार १o:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार १o:५३:oo
  • डा. रेवतबहादुर कार्की संयोजक रहेको कार्यदलमा भुवनकुमार दहाल र राष्ट्र बैंकको कार्यकारी निर्देशक गुरु पौडेल सदस्य

राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव लिन कार्यदल गठन गरेका छन् । धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा पूर्वबैंकर भुवनकुमार दहाल र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल सदस्यसचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो । कार्यदलको समयावधि एक महिनाको रहने उल्लेख छ । 

बैंकिङ नीति–नियमनलाई उद्धार, तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा कार्यदलले सुझाव दिने गरी कार्यक्षेत्र तोकिएको छ । आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा र ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा कार्यदलले सुझाव दिने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति गर्ने तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानबारे पनि कार्यादलले सुझाव दिनेछ । नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजी बजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा समेत कार्यदलले सुझाव दिन सक्नेछ । बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीको पहिचान र ठोस समाधानसहितका सुझाव पेस गर्न गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । सिबिफिनले भनेको छ, ‘नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ ।’