१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format o९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीश खुसी थारुलाई मोसो प्रहार गर्नेविरुद्ध दुई मुद्दामा अनुसन्धान हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१५:oo

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारुलाई मोसो प्रहार गर्नेहरु विरुद्ध दुई वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोसो प्रहारको क्रममा पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्ने ३८ वर्षीय किशोर कुँवर (अविनाश), बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका– २ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य सिराहाको गोलबजार घर भएका ४८ वर्षीय गर्भु महतो रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालले बताए। 

बिहीबार दिउँसो न्यायाधीश थारु माथि मोसो प्रहार गर्ने क्रममा पक्राउ परेका नेकपा बहुमतका तीनजना नेताहरु विरुद्ध अपराधीक उपद्र मुद्दामा र साइबर क्राइम मुद्दामा अनुसन्धान भइरहेको उनले बताए।उनका अनुसार पक्राउ परेकाहरूलाई अदालतबाट ७ दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए । उनीहरूले बिहीबार दिउँसो इजलासमै पसेर मोसो प्रहार गरेका थिए। मोसो प्रहार गरेपछि जनकारबाही गरेको घोषणा गरेका थिए। 

न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुर्व्यवहार भएको हो ।