१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२ आइतबारदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

काठमाडौं महानगरपालिका– २६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२’ आइतबारदेखि हुने भएको छ। काठमाडौं महानगरपालिका–२६ ले आज यहाँ पत्रकार सम्मेलन गरी आइतबार असार १ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।
 
पत्रकार सम्मेलनमा वडाध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए। ‘वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएका कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो,’ उनले भने। वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु. ३५ लाख रकम विनियोजन गरेको वडाध्यक्ष तिवारीले बताए।

प्रतियोगिताका संयोजक एवं वडासदस्य प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौंभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र कराँतेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उनले बताए । 

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु. एक लाख ५० हजार, उपविजेतालाई रु. ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु. १० हजारका दरले प्रदान गरिनेछ। यसैगरी, तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः रु. ७५ हजार, रु. ५० हजार र रु. २५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु. १० हजार प्रदान गरिनेछ। महिला तथा पुरुष टेबुलटेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताए।

यस्तै, डब्लुकेएफ कराँते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु. ३० हजार, रु. १५ हजार र रु. १० हजार प्रदान गरिनेछ भने टोली विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. २० हजार प्रदान गरिने जनाइएको छ। कराँतेको आइकेयूतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु. १० हजार, रु. आठ हजार, रु. ६ हजार र रु. पाँच हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।