१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘ग्लोबल स्काई क्लब कार्ड’मा पहिलो टिकट निःशुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

ग्लोबल आइएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’ सुरु गरेको छ । उक्त क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकमबराबर क्यासब्याक पाउनेछन् । त्यसैगरी, कार्डवाहक ग्राहकले यती एयरलाइन्सको कुनै पनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । 

त्यसैगरी, ग्राहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् भने चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटो–छरितो गराइने बताइएको छ । कार्डवाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमाभन्दा पाँच किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एयरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ ।

साथै, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छुट, बोनस प्वाइन्टलगायतका सुविधा प्राप्त गर्नेछन् । यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेजसहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ ।

बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस प्वाइन्ट पाउँछन् । यस्तो बोनस छुट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पिओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँबराबर एक माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्नेछैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसरसमेत दिनेछ ।