१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
Invalid date format o९:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार कुट्ने मेयरलाई कारबाही गर्न महासंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४८:oo

दुई पत्रकार कुट्ने कटहरिया नगरपालिकाका मेयरलाई तत्काल कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघ रौतहटले आग्रह गरेको छ। बिहीबार कटहरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको समाचार उजागर गरेको भन्दै त्यहाँका मेयर अजय प्रकाशले दुईजना सञ्चारकर्मीलाई कुटपिट गरेका थिए । उनले कटहरिया म्युजिकल एफएममा कार्यरत दुई सञ्चारकर्मीलाई एक बोर्डिङ स्कुलमा बोलाएर कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते  पत्रकार सागरसंगम ठाकुरको वीरगन्जस्थित एक अस्पतालमा उपचार भइरहेको छ । 

मेयर अजय प्रकाशले समाचारको विषयमा छलफल गर्नु छ भन्दै  रवीन्द्र प्रजापति र सागरसंगम ठाकुरलाई कुटपिट गरेपछि महासंघले त्यसको कडा शब्दमा विरोध गरेको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै सञ्चार जगतलाई थर्काउने काम गर्ने मेयरलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् । यसभन्दा पहिलासमेत कटहरियामा रहेको मेयर अजय प्रकाशको चिनी मिलमा उखु जोख्ने क्रममा उपभोक्तालाई ठगी गरेको विषयमा समाचार संकलन गर्न गएका दुई पत्रकारलाई मिलभित्रै कुटपिट गरी क्यामरा खोस्ने काम भएको थियो । 

सोही घटनालाई लिएर जिल्ला अदालत रौतहटले मेयर अजय प्रकाशलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको भए पनि प्रहरीले हालसम्म पक्राउ नगरेको भन्दै विज्ञप्तिमा तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउन माग गरिएको छ । मेयर यादवको गुन्डागर्दी शैलीका कारण रौतहटको कटरिया क्षेत्रमा रहेका सञ्चारकर्मीहरू त्रसित रहेको पीडित पत्रकार रवीन्द्र प्रजापतिले बताए।