१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३० शुक्रबार o७:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा १०१ दिनयताकै ठुलो कारोबार

१२ अर्ब ६ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको मात्रै ८.९ प्रतिशत सेयर किनबेच

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार o७:४८:oo

सेयर बजारमा सय दिनयताकै ठुलो कारोबार देखिएको छ । १०१ दिनअघि (तीन महिना नौ दिनअघि) २० फागुन ०८१ मा सेयर कारोबार १२ अर्ब ९४ करोड रुपैयाँ थियो । बिहीबार १२ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ ।

बजारमा अन्य धितोपत्र कारोबारबाहेक सूचीकृत कम्पनीको मात्रै कारोबार १२ अर्ब ६ करोडको भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ । दुई करोड ५७ लाख ७२ हजार नौ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।

कुल कारोबारमा ङादी ग्रुप पावर लिमिटेडको मात्रै एक अर्ब आठ करोडको सेयर कारोबार भएको छ । यो कुल सेयर कारोबारको ८.९५ प्रतिशत हो । सानिमा माई हाइड्रोपावरको ७५ करोड ३८ लाखको कारोबार भएको छ । राधी विद्युत्को ५४ करोड ४१ लाख, युनिभर्सल पावरको ४८ करोड ८८ लाख र बुटवल पावर कम्पनीको ४६ करोड ९० लाखको सेयर कारोबार भएको छ । 

कारोबार बढे पनि नेप्से परिसूचक भने घटेको छ । नेप्से ९.०८ अंक (०.३४ प्रतिशत)ले घटेको हो । बिहीबार परिसूचक २६५५.३८ विन्दुमा पुगेको हो । कारोबारमा आएकामध्ये बैंकिङ, विकास बैंक, लगानी, जीवन बिमा, उत्पादन, लघुवित्त, निर्जीवन बिमा, व्यापार र अन्य समूहको परिसूचक घटेको हो । वित्त, होटेल, जलविद्युत् र सामूहिक लगानी कोष समूहको परिसूचक भने बढेको छ । 

पियोर इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्य ६.७८ प्रतिशत, रसुवागढी हाइड्रोपावर कम्पनीको ५.९९ प्रतिशत, तेह्रथुम पावर ५.९९ प्रतिशत र नेपाल फाइनान्सको सेयर मूल्य ४.९७ प्रतिशतले बढेको छ । 

गुराँस लघुवित्तको सेयर मूल्य ९.९ प्रतिशतले घटेको छ । रिभर फल्सको सेयर मूल्य ६.९७ प्रतिशतले घटेको छ । बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब तीन करोड रुपैयाँ पुगेको छ ।